You are viewing the translated version of स्थायी लेखा नम्बर स्थगन.

Section 78A
स्थायी लेखा नम्बर स्थगन
(१) विभागले देहायको कुनै अवस्थामा स्थायी लेखा नम्बर स्थगन गर्न सक्नेछः -

(क) कारोबार गर्न छाडेमा,

(ख) निकायको हकमा निकाय बन्द, बिक्री वा हस्तान्तरण भएमा वा अन्य कुनै किसिमबाट त्यस्तो निकायको अस्तित्व कायम नरहेमा,

(ग) व्यक्तिगत स्वामित्व भए त्यस्तो स्वामित्व भएको व्यक्तिको मृत्यु भएमा,

(घ) भुलवश दर्ता भएकोमा ।

(२) स्थायी लेखा नम्बर स्थगन सम्बन्धी प्रक्रिया तोकिए बमोजिम हुनेछ।